हाम्रो बारेमा

सूचना/समाचार

यो प्रदेश १०९ मिटर देखी ७१३२ मिटर सम्म उचाई र २८° २२” उत्तरी अक्षांश देखि ३०° ०९” उत्तरी अक्षांश र ८०°०३” पूर्वी देशान्तर देखि ८१° २५” पूर्वी देशान्तरका सम्म फैलिएको छ ।यस प्रदेशकोसबैभन्दा अग्लो भू-भागको रुपमा अपि हिमाल (७,१३२ मीटर) र होचो भू-भागको रुपमा कैलाली जिल्लामा (१०९ मिटर) रहेको छ । 

क्षेत्रफल

नेपालको कुल क्षेत्रफल १,४७,१८१वर्ग कि.मि. मध्ये प्रदेश नं. ७ ले १९,५३९ वर्ग कि.मि. अर्थात् १३.२७% क्षेत्रफल ओगटेको छ । यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू-भाग ७,९३२.८३४वर्ग कि.मि. (४०.६०%), पहाडी भू-भाग ६,७४८.७७०६ वर्ग कि.मि. (३४.५४%) र तराईभू-भाग ४,८५७.३९५४ वर्ग कि.मि. (२४.८६%) पर्दछ । यस प्रदेशमा पहाडीतथा हिमालि भु-भाग बढी रहेकोछ ।यो प्रदेश नेपाल राज्यको  सुदुर पश्चिम भागमा पर्दछ । यो प्रदेशका २  जिल्ला (कैलाली र कञ्चनपुर) तराई क्षेत्रमा, ४ जिल्ला (डोटी, डडेल्धुरा, अछाम, बैतडी)  पहाडी क्षेत्रमा र ३ जिल्ला (दार्चुला, बझाङ र बाजुरा) हिमाली क्षेत्रमा पर्दछन ।

सिमाना

यस प्रदेशको सिमाना पूर्वमा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट र मुगुजिल्ला तथा ५ न. प्रदेशको बर्दिया जिल्ला पर्दछ ।पश्‍चिम र दक्षिणमा भारत, उत्तरमा कर्णाली प्रदेशको हुम्ला जिल्ला तथा मित्र राष्ट्र चीन रहेका छन् ।

जनसांख्यिकीय विवरण

२०६८ सालको जनगणना अनुसार नेपालकोकुल जनसंख्या २,६४,९४,५०४ मध्ये यस प्रदेशको जनसंख्या २,५५२,५१७रहेको छ जुनकुल जनसंख्याको ९.६३% हुन आउँछ ।यस मध्ये पुरुषको जनसंख्या १२,१७,८८७रमहिलाको जनसंख्या १३,३४,६३०रहेको छ।यस क्षेत्रको औषत जन्मदर १.४९ प्रतिसत रहेको छ ।यस क्षेत्रमा घरधुरी संख्या ४,६९,९७१ छ भने घर पररवार संख्या ४८२०७० रहेको छ र औषत एक परिवारमा ५ जना सदस्यहरु रहेको पाईन्छ।यस प्रदेशको कुल जनघनत्व १३१जनाप्रति वर्ग किलोमिटर रहेको छ ।

प्रेष विज्ञप्ती