माननीय प्रदेश प्रमुख सर्मीला कुमारी पन्तज्यूले "संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७७" को अवसरमा दिनु भएको शुभकामना सन्देश

अार्थिक वर्ष
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७७

संबिधान दिवस २०७७ को शुभकामना सन्देश 

२००७ साल देखि नेपाली जनताले आफ्नो संविधान आफैले लेख्ने ईच्छा र चाहना  २०७२ असोज ३ गते संविधान जारी पश्चात पुरा भएको छ ।राष्ट्रहित, लोकतन्त्र, अग्रगामी परिवर्तनका लागी नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र वलिदानको प्रतिफल स्वरुप ऐतिहासिक संबिधान सभा मार्फत नेपालको संबिधान प्राप्त गरेका छौं ।

संविधानले सुनिश्चत गरेका जनताको मौलिक हक, मानब अधिकार, प्रेस स्वतन्त्रता, लोकतन्त्र, संघीय गणतन्त्रात्मक व्यवस्थाले परिकल्पना गरेको समावेशी सिद्धान्तका आधारमा संबैधानिक व्यवस्थाले आज नेपाली जनतालाई सार्वभौम शक्ति सम्पन्न नागरिक बनाएको छ ।संघीय लोकतान्त्रिक गणतन्त्रातमक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकाश र समृद्धिको आकांक्षा पुरा गर्न वर्तमान संबिधानले नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रातमक राज्यको रुपमा परिभाषित गरी सोही बमोजिम संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारहरु यस अभ्यासमा क्रियाशील छौं ।

संबिधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र, सामाजिक न्यायमा आधारित समतामुलक समाजको लागी यस प्रदेशमा रहेका अथाह प्राकृतिक स्रोतसाधन, कृषि, पर्यटन, सांस्कृतिक सम्पदा तथा मानवस्रोतको भरपुर उपयोग गरी यस प्रदेशलाई सम्मृद्ध बनाउन सक्दछौ भन्ने मैले आशा र विश्वास लिएकी छु। आपसी विश्वास, भाईचारा, सहिष्णुता, मेलमिलाप आदिद्वारा सुखी नेपाली र सम्मृद्ध नेपालको आधार यस प्रदेशबाट दिन संबिधानको मर्म बमोजिम नै प्रदेश प्रमुख, प्रदेश सांसद र प्रदेश सरकार गठन भई क्रियाशील रहेका छौं ।

यस प्रदेशभित्र पनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड -१९ को जोखिम बढदै गएको परिप्रेक्षमा संबिधान दिवस औपचारिक रुपमा विविध कार्यक्रम गरी उत्सब मनाउन नसकिएको सन्दर्भमा यस संक्रमणबाट आफू जोगिन र अरुलाई जोगाउन विश्व स्वास्थ्य संगठन र नेपाल सरकारद्वारा जारी निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्न आह्वान गर्दै कोरोना भाईरसको संक्रमणबाट देहान्त भएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

अन्त्यमा, संविधान दिवसको यस पाँचौं वार्षिक अवसरको सुखद घडीमा संविधानले परिकल्पना गरेको महान लक्ष्य, लोकतन्त्रको जगेर्ना, राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले समर्पित भई लाग्न यस प्रदेशका राजनैतिक दलहरु, नागरिक समाज एवम् सम्पर्ण प्रदेशबासी दाजुभाई दिदीबहिनीहरुमा हार्दिक शुभेक्षा व्यक्त गर्दछु।

धन्यवाद !         

 

मिति २०७७ साल  असोज ३ गते, शनिवार ।